साढे ५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।

बुधबार, नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४४ लाख १९ हजार कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको २१ करोड १२ लाख, सीईडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख, फस्र्ट माइक्रो फाइनान्सको १७ करोड ५३ लाख, नबिल बैंकको १५ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स