नेप्से २३ अंकले बढ्दा चार कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३२ लाख ४१ हजार कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको १०% र बुद्वभूमि नेपालको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मध्यभोटे कोशीको ९.९७%, इष्टर्न हाइड्रोपावरको ९.७१%, कुथेली बुखेरी हाइड्रोपावरको ९.३०%, माहुली लघुवित्तको ९.२७%, नेपाल हाइड्रोको ८.६९%, कालिका पावरको ८.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स