नेपाल सोलार फार्मले १२ करोड रूपैयाँको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १२ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीको रजिष्टर्ड कार्यालय बाफल, काठमाडौंमा रहेको छ ।

त्यस्तै, कम्पनकिो अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्लाको रुपाकोट गाउँपालिका-६, सिम्लेमा छ ।

कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट २०७९र०७र१४ देखि ४ मेगावाट क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन शुरु भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स