काठमाडों । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन भएर संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको छ ।
यसअघि कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहेको थियो ।
हाल यस संस्थाको कुल ९४ लाख ४३ हजार ५१०.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
जसमध्ये संस्थापक समूहको सेयर हिस्सा ४८ लाख १६ हजार १९०.४३ र सर्वसाधारणको ४६ लाख २७ हजार ३२०.२२ कायम भएको छ ।