काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको साढे ४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार, समता घरेलु लघुवित्त वित्तीय संस्था र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको गरि कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा समता घरेलु लघुवित्तको ५.४२२२ प्रतिशतले हुन आउने कुल २ लाख १३ हजार ७२०.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको ५.५० प्रतिशतले हुन आउने २ लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।