नेप्सेमा सामुदायिक लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएपछि सामुदायिक लघुवित्तको नाममा सूचीकरण भएको हो । यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जरपछि बनेको सामुदायिक लघुवित्तको पहिलो कारोबारका लागि ८८३.९७ रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एसएलबीएसएल’ संकेत प्रदान गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स