काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । उक्त सेयर जेठ १ गते बाँडफाँट भएको हो ।
उक्त सेयरमा न्यूनतम १४३.५० रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।
कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोलिबाट फिर्ता हुने कम्पनीले जनाएको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
कम्पनीले गत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख २७ गते खोलिएकोमा जेठ १ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।