काठमाडौं । मंगलबार, नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंक विन्दुमा आइपुगेको छ ।
आज ९८ लाख ५५ हजार कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, समाज लघुवित्त, उपकार लघुवित्त, युनिक लघुवित्तमा १०%, जनउत्थान सामुदायिक लघुवित्तमा ९.९९%, मानुषी लघुवित्त, रुरु जलविद्युत परियोजनामा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
हिमालयन लघुवित्तको ९.७१%, बुद्धभूमि नेपाल हाइड्रोपावरको ८.७१%, मकर जितुमायाको ८.१८%, गुराँस लघुवित्तको ८.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।