४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज ९८ लाख ५५ हजार कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख, स्वाभिमान लघुवित्तको ७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स