काठमाडौं । आजबाट नयाँ ब्रोकर कमिशन लागु हुँदैछ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिशन सार्वजनिक गरेको थियो ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो ।
बोर्डको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। सोहि अनुसार बोर्डले ब्रोकर कमिशन दर सार्वजनिक गरेको हो ।
यस अघि अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको थियो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।
आज २०८१ जेठ १ गतेदेखि लागु हुने नयाँ ब्रोकर कमिशन
१. ५० हजार रूपैयाँ सम्मको कारोबारमा : ०.३६ प्रतिशत
२. ५० हजार भन्दा माथि ५ लाख रूपैयाँ सम्मको कारोबारमा : ०.३३ प्रतिशत
३. ५ लाख भन्दा माथि २० लाख रूपैयाँ सम्मको कारोबारमा : ०.३१ प्रतिशत
४. २० लाख भन्दा माथि १ करोड रूपैयाँ सम्मको कारोबारमा : ०.२७ प्रतिशत
५. १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा : ०.२४ प्रतिशत
हालको ब्रोकर कमिशन दर
१. ५० हजार रूपैयाँ सम्मको कारोबारमा : ०.४० प्रतिशत
२. ५० हजार भन्दा माथि ५ लाख रूपैयाँ सम्मको कारोबारमा : ०.३७ प्रतिशत
३. ५ लाख भन्दा माथि २० लाख रूपैयाँ सम्मको कारोबारमा : ०.३४ प्रतिशत
४. २० लाख भन्दा माथि १ करोड रूपैयाँ सम्मको कारोबारमा : ०.३० प्रतिशत
५. १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा : ०.२७ प्रतिशत