काठमाडौं । सोमबार, नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ४१ हजार कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, मान्डु हाइड्रोपावरमा १०%, सिर्जनशील लघुवित्तमा ९.९९% र हिमालयन उर्जा विकास कम्पनीमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्तको ९.७८%, सीईडीबी हाइड्रोपावरको ७.६५%, कुमारी बेंकको ६.२०%,आशा लघुवित्तको ६%, माछापुच्छ्रे बैंकको ५.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।