काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ५८ हजार कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको १४ करोड ४७ लाख, फष्र्ट माइक्रो फाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख, हिमालयन डेष्टिलरीको ७ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।