यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख ६० हजार कित्ता सेयर २ अर्ब १४ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १७ लाख, हिमालयन रि इन्स्योरेन्सको ४ करोड ३० लाख, नेपाल फाइनान्सको ४ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स