जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागू हुने, घटेर कति पुग्यो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने निर्णय गरेको छ। वैशाख २३ गते बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले जेठ १ गतेदेखि नयाँ दर कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ ।

अब अधिकतम ब्रोकर कमिसन ०.४ को १० प्रतिशत कम अर्थात् ०.३६ प्रतिशत कायम हुनेछ । ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।

यस अघि अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको थियो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स