काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ अंक विन्दुमा आइपुगेको छ ।
आज ९७ लाख ६२ हजार कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आईएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।