काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ अंक विन्दुमा आइपुगेको छ ।
आज ९४ लाख ९८ हजार कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख, नेपाल फाइनान्सको १० करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।