काठमाडौं । सिईडिबि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको ११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ८१० रुपैयाँ कायम थियो ।
योसँगै, अब बिहीबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।