साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ८० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको १७ करोड १ लाख, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख, नेपाल फाइनान्सको १२ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स