रिडी पावरको हकप्रद सेयर बाँडफाँट, नपरेका आवेदकको पैसा वैशाख २० गतेबाट फिर्ता हुने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर बाँडफाँट गरको छ ।

कम्पनीले गत चैत्र २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरको हो ।

वैशाख ९ गतेसम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले उक्त हकप्रद सेयर बाँडफाँट गरेको हो ।

कम्पनीका अनुसार बाँडफाँटमा नपरेका आवेदकहरूको सेयर वापतको रकम वैशाख २० गतेबाट आईपीएसमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा जम्मा गराइने छ ।

साथै, बाँडफाँटको अन्तिम मूल्य १४८.१० रुपैयाँ रहेकोमा उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भारअनुसार समानुपातिकरूपमा सेयर बाँडफाँट गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स