कृति भेन्चर फण्डले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउँमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजे डाकेको छ ।

सभामा बोनस सेयर जारी गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने,आईपीओ निष्काशनका लागि प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल, थपघट वा सामान्य संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी गाभ्नेरगाभिने विशेष प्रस्ताव पारित गरिनेछ ।

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरिनेछ ।

कम्पनीले सभा प्रयोजनार्थ जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ वैशाख ३१ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स