काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबार, नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ६८ लाख ७८ हजार कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, मल्टी पर्पेस फाइनान्सको १० करोड ९९ लाख, पिपल्स् पावरको ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।