पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा वैशाख १५ गते शनिबार काठमाडौं अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि साधारणसभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सभामा आईपीओ निष्काशनका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने, नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेस हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स