पोखरा फाइनान्समा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ८४ हजार कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्सको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्तको ९.९२%, सपोर्ट माइक्रो फाइनान्सको ७.५५%, नेपाल फाइनान्सको ५.७६%, एनआरएनको ५.५३%, नारायणी डेभलपमेन्ट बैंकको ४.४४%, मल्टीपर्पेज फाइनान्सको ४.१५%, बोटल्स् नेपाल (बालाजु)को ४.०४%, एलबीबीएल डिेभेन्चरको ४.०३%, जानकी फाइनान्सको ३.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स