साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ८४ हजार कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख, नेपाल फाइनान्सको ५ करोड ७४ लाख, पिपल्स् पावरको ४ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स