सिइडिबि हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौ. । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो पटक आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

कम्पनीले वैशाख ३१ गते सोमबार ललितपुरमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १९ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ वैशाख ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स