यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५६ हजार कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोतम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स