ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्काशनका तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले लमजुङ जिल्लाको भुलभुलेस्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स