नेप्से १२ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ९३ हजार कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, दोल्ती पावरको ९.८८%, एनआईसी एसिया लघुवित्तको ८.४७%, रुरु जलविद्युतको ८.१८%, उपर हेवा खोलाको ७.२५%, सर्वोतम सिमेन्टको ६.५४%, घोराही सिमेन्टको ६.३२%, उपकार लघुवित्तको ६.२४%, राप्ती हाइड्रोको ६.१२%, सान्जेन जलविद्युतको ५.८७%, प्रभु इन्स्योरेन्सको ५.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स