गोर्खाज फाइनान्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५३ लाख ४४ हजार कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २११ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख, शिवम् सिमेनटको ५ करोड ४५ लाख, हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स