वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपालको चर्चित नुडल्स कम्पनी वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । सोमबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले समाजिक सञ्जाल एक्समा टुवीट गर्दै अब वाइवाई नुडल्सले पनि आईपीओ ल्याउने तयारी गरेको बताएका हुन् ।

उनले टुवीट गर्दै भने ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं, यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’

वाइवाई चाउचाउ चौधरी ग्रुपको लोकप्रिय उत्पादन हो । वाइवाई विदेशमा थुप्रै मुलुकहरुमा समेत लोकप्रिय नुडल्समा पर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स