धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा अर्थ मन्त्रालयकोे प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गर्न पाउने

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा अर्थ मन्त्रालयकोे प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गर्न पाउने कानुनी व्यवस्था भएको छ । सम्पति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनमा गरिएको नयाँ प्रावधानले अब बोर्ड अध्यक्षविहीन नहुने भएको हो ।

ऐनको दफा (७) को उपदफा (७) पछि उपदफा ८ थपिएको छ ।

जसमा अन्यत्र जे सुकै कुरा लेखिएको भए पनि अध्यक्षको पद रिक्त भएमा उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई हटाएमा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिधिनित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ, भन्ने उल्लेख गरिएको छ ।

योसँगै अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष बन्न पुगेका छन् । अब अर्को अध्यक्ष नआउँदासम्मका लागि सह–सचिव शाक्य अध्यक्षको भूमिका हुनेछन् । यसअघिको धितोपत्र सम्बन्धी ऐनमा अध्यक्षको पद रिक्त हुँदा बोर्ड अध्यक्ष बिहिन हुने व्यवस्था थियो ।

रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स