सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर बाँडफाँट, कट अफ मूल्य कति ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयर बाँडफाँट भएको छ। कम्पनीले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयर चैत ३० गते बाँडफाँट भएको हो ।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्बसाधारण समुहतर्फको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता सेयर लिलाम गरेको थियो । उक्त लिलामीको सेयरको कट अफ मूल्य १४५ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । १४५ रुपैयाँभन्दा माथि कबुल गर्ने सबैले सेयर पाएका छन् भने १४५ रुपैयाँमा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार सेयर बाँडफाँट गरिएको छ ।

आवेदकहरूको बाँडफाँटमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले चैत्र १२ देखि चैत्र २० गतेसम्म सेयर लिलाम गरेको थियो। कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद सेयरको निष्काशन गरेको थियो ।

कम्पनीले हकप्रदमा बिक्री नभएको सेयर लिलाम गरि बाँडफाँट गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स