सागर डिष्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो।

कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र कम्पनीको जारी पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख)संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स