काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ । चैत्र २७ गते कम्पनीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता सेयर बाँडफाँट गरिएको जनाएको छ । त्यस्तै, बिक्री नभएको १९ लाख ९२ हजार १ सय ३४ कित्ता सृेयर लिलाममा आउने छ ।
कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १ः१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता सेयर निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा नपरेको रकम चैत्र ३० गते शुक्रबार देखि सम्बन्धित शेयरधनीको खातामा कनेक्ट आईपीएस मार्फत पठाइने छ ।