काठमाडौं । बुधबार, नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० अंक विन्दुमा आइपुगेको छ ।
आज ८६ लाख ९६ हजार कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मान्डु हाइड्रोपावरको ९.६९%, खानी खोला हाइड्रोपावरको ८.२६%, गुराँस लघुवित्तको ७.७३%, पिपल्स् पावरको ६.८३%, पोखरा फाइनान्सको ६.६२%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ६.४०%, सीवाईसी लघुवित्तको ६.१४%, बोटल्स् नेपालको ६.१२%, इग्वा हाइड्रोपावरको ५.९१%, माई खोला हाइड्रोपावरको ५.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।