तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको १०, नेपाल फाइनान्सको र पोखरा फाइनान्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

इमर्जिङ नेपालको ८.४५%, प्रभु स्मार्ट फण्डको ८.३०%, उन्नति सहकारी लघुवित्तको ७.७४%, दोल्ती पावरको ७.३७%, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ६.६४%, सीवाईसी नेपाल लघुवित्तको ६.५६%, थ्री स्टार हाइड्रोपावरको ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स