काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ अंक विन्दुमा आइपुगेको छ ।
आज ६९ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ३ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ३२ लाख, सर्वोतम सिमेन्टको १८ करोड २४ लाख, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ६ करोड २३ लाख, सोनापुर मिनिरल्सको ६ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।