नेप्सेमा दुई कम्पनीको १ करोड ११ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड ११ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार साना किसान विकास लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको गरि कुल १ करोड ११ लाख ४७ हजार ५५५.९४१ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स