सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ ।

कम्पनीले वैशाख १२ गते रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ चैत्र २९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/04/12.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स