गुराँस लघुवित्तमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब २९ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुराँस लघुवित्त १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
गणपति लघुवित्तको ९.९५%, उपकार लघुवित्तको ८.६४%, वीन नेपाल लघुवित्तको ६.९४%, स्वाभिमान लघुवित्तको ६.५०%, किसान लघुवित्तको ६.१९%, जनउत्थान लघुवित्तको ६.११%, पिपल्स् पावरको ६.०७%, नेष्डो लघुवित्तको ५.०८%, सपोर्ट माइक्रो फाइनान्सको ५.०२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स