काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
मंगलबार, नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब २९ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सर्वोतम सिमेन्टको ९ करोड ५७ लाख, तारागाँउ रेजेन्सीको ७ करोड ४८ लाख, एनआईएमबी डीबेन्चरको ६ करोड २ लाख, सूर्या ज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।