काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भउको छ । आइतबार समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको ५.४२२२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाँ कायम थियो ।
योसँगै, अब भोलि सोमबारबाट समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।