मायाखोला हाइड्रोपावरमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ७९ लाख ५७ हजार कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मायाखोला हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । गरिमा डिबेन्चर८५ को ८.०८%, उन्नति सहकारीको ७.७४%, ज्योति विकास बेंक बन्डको ७.५३%, मन्दाकिनी हाइड्रोपावरको ७.०८%, राप्ती हाइड्रोको ६.४३%, इग्वा हाइड्रोपावरको ६.४३%, वीन नेपाल लघुवित्तको ५.८३%, धौलागिरी लघुवित्तको ५.३८%, न्यादी हाइड्रोपावरको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स