साढे ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ७९ लाख ५७ हजार कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सर्वोतम सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख, हाथ्वे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख, रिभर फल्स् पावरको ९ करोड ८८ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स