काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ४.७८अंकले बढेर २०३५.६४ अंक विन्दुमा आइपुगेको छ ।
आज ६६ लाख १४ हजार कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सर्वोतम सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड १९ लाख, शिवम् सिमेन्टको १५ करोड ३९ लाख, सोनापुर मिनरल्स्को ११ करोड १८ लाख, पिपल्स् पावरको ७ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।