काठमाडौं । मंगलबार, नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० अंक विन्दुमा आइपुगेको छ ।
आज ६८ लाख ४२ हजार कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, दोल्ती पावरमा १०% र सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
वीन नेपाल लघुवित्तको ९.४३%, पिपल्स् पावरको ७.७३%, थ्री स्टार हाइड्रोपावरको ६.७६%, रिभर फल्स्को ६.५२%, मन्छियम हाइड्रोपावरको ६.४२%, न्याङदी ग्रुप पावरको ५.७४%, जोशी हाइड्रोपावरको ५.६७%, मोलुङ हाइड्रोपावरको ५.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।