काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० अंक विन्दुमा आइपुगेको छ ।
आज ६८ लाख ४२ हजार कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्स्को ८ करोड ५७ लाख, जोशी हाइड्रोपावरको ८ करोड २९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।