काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ६१ हजार कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटलस् नेपाल (बालाजु)मा १०% र सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
तारागाँउ रेजेन्सीको ८.०४%, सीवाईसी लघुवित्तको ७.४२%, हिमालयन हाइड्रोपावरको ६.२९%, एनएमबी ५०को ५.८७%, दोलती पावरको ४.८३%, रिभर फल्स् पावरको ४.७२%, समलिङ पावरको ३.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।