काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ । सोमबार, नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ६१ हजार कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ७८ लाख, सोनापुर मिनरल्स्को ८ करोड १३ लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड २९ लाख, घोराही सिमेन्टको ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।