नेप्सेमा साल्ट ट्रेडिङसहित दुई कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा साल्ट ट्रेडिङसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार साल्ट ट्रेडिङ कर्पेरेशन र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

जसमा, साल्ट ट्रेडिङको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४५६२.६१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ५२४७ रुपैयाँ कायम थियो ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ३७६.३० रुपैयाँ कायम थियो ।

योसँगै, अब आइतबार समायोजित मूल्य अनुसार यी दुई कम्पनीको सेयर कारोबारमा आउनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स